You are here
Home > समाचार > ज्ञानेन्द्र शाही थुनामुक्त

ज्ञानेन्द्र शाही थुनामुक्त

३० भाद्र २०७६, सोमबार १३:४१

काठमाडौं -ललितपुर प्रहरी परिसरको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । आइतबार दिउँसो पक्राउ परेका उनलाई आगामी दिनमा कसैमाथि पनि अभद्र व्यवहार नगर्ने शतर्मा सोमबार थुनामुक्त गरिएको हो ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै आएका शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका थिए । त्यस विषयमा स्पष्टीकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।