You are here
Home > समाचार > उत्तर कोरियालीलाई नेपालमा लगानी गर्न प्रतिबन्ध

उत्तर कोरियालीलाई नेपालमा लगानी गर्न प्रतिबन्ध

३० भाद्र २०७६, सोमबार १८:३५

काठमाडौं -नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ।

संयुक्त राष्ट्र सङ्घ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको उद्योग विभागका निर्देशन प्रेम प्रसाद लुइँटेलले जानकारी दिए।

निर्देशक लुइँटेलका अनुसार  लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले अक्टुबर सम्मको समय दिएको छ।

उत्तर कोरियाले नेपालमा ९ वटा उद्योगमा लगानी गरेको छ। ती उद्योग सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पतालसँग सम्वन्धित छन्।

प्रत्येक उद्योगमा करिब ५ देखि ७ लाख पुँजी रहेको रहेको विभागले जानकारी दिएको छ। सो पुँजीमा पनि नेपाली लगानीको हिस्सा समेत रहेको विभागले जनाएको छ।

विभागले असोज महिना देखिनै उत्तर कोरियालीलाई भिसा नथपेको उनले जानकारी दिए। यो सँगै उत्तर कोरियाली नागरिकका लागि नेपालमा लगानीको बाटो बन्द भएको छ।