You are here
Home > समाचार > खराब मौसमका कारण त्रिभुवन विमानस्थल अवरुद्ध

खराब मौसमका कारण त्रिभुवन विमानस्थल अवरुद्ध

३१ भाद्र २०७६, मंगलवार ०८:२८

काठमाडौं- मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उठान  अवरुद्ध भएको छ। बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ। भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले बताए।