You are here
Home > अर्थ/बजार > सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्रीको आह्वान

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्रीको आह्वान

३१ भाद्र २०७६, मंगलवार १५:२९

काठमाडौं-अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराउनु भएको हो ।

कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको पनि स्मरण गराउनु भयो ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिनु भयो ।