You are here
Home > समाचार > राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित

३१ भाद्र २०७६, मंगलवार १८:२६

काठमाडौं– राष्ट्रिय परिचयपत्र विधेयक पारित भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ राष्ट्रियसभाबाट सर्वसम्मति पारित भएको हो ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संशाेधनसहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।

यसअघि विधेयकमाथि १३ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधन कर्ताकोतर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिनुभएको थियो ।