You are here
Home > समाचार > एक वर्षमा १ हजार १ सय १७ सैनिक कारवाहीमा

एक वर्षमा १ हजार १ सय १७ सैनिक कारवाहीमा

१ आश्विन २०७६, बुधबार ०८:५३

काठमाडौं-यस वर्ष मात्रै नेपाली सेनाका १ हजार १ सय १७ सैनिक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि अधिकृत तहसम्मका सैनिकसम्म रहेको सैनिक जंगी अड्डा भद्रकालीले जनाएको छ।

करणी तथा बलात्कार, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झै झगडामा संलन्न, लागू औषध सेवन तथा बेचबिखन, साइबर अपराध, सवारी ज्यान मुद्दा तथा दुर्लभ वन्यजन्तको खवटा ओसार पसारमा संलग्न लगायतका अनैतिक कार्यमा संलग्नलाई कारबाही गरिएको हो।

कारबाहीमा परेका मध्ये २१६ जनालाई कैद सजाय र १७५ जालाई बढुवा रोक्का गरिएको छ।४० जनालाई एक तह घटुवा, १ सय १०१ जनाको तलबवृद्धि रोक्का गरिएको सेनाले जनाएको छ । २०७ जनालाई राजश्व जरिवाना गरिएको छ । ४७ जनालाई नसिल, ३०४ जनालाई बर्खास्त, र २३६ लाई सजेत गराइएको छ ।

मुलुकमा ९५ हजार सैनिक छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कारबाहीमा संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । सेनाले पुरस्कार दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरेको छ ।