You are here
Home > समाचार > प्रधानमन्त्रीबाट सिंहदरबारभित्र नयाँ संसद भवनको शिलान्यास

प्रधानमन्त्रीबाट सिंहदरबारभित्र नयाँ संसद भवनको शिलान्यास

१ आश्विन २०७६, बुधबार १३:४३

काठमाडौं- सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । आजसिंहदरबार भित्रको पुतली बगैंचामा भवन प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।

शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ ।