
काठमाडौं-काठमाडौं महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका इन्चार्ज घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ परेको छ।
सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिदै गरेका प्रहरी नायब निरिक्षक (सई) बिपिनचन्द्र पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। कार्यकक्षमै घुससहित पक्राउ परेका उनलाई हिरासतमा लिने अख्तियारको तयारी छ ।