You are here
Home > समाचार > लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीरः आइजीपी खनाल

लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीरः आइजीपी खनाल

१ आश्विन २०७६, बुधबार २०:२०

काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताउनु भएको छ ।

आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले सामाजिक अपराध नियन्त्रणलाई विशेष प्राथमिकताका साथ संचालन गर्दै आएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित बनाउन हालै मानव बेचबिखन अनुसन्धान ब्यूरो, साइबर ब्यूरो लगायतका विशिष्टिकृत इकाई स्थापना गरेको बताउनुभयो ।

समाजले प्रहरीले नै सबै काम गरोस भन्ने अपेक्षा गर्ने भएकोले लागूऔषध दूर्व्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुनर्स्थापना गर्न नेपाल प्रहरीले यस्ता केन्द्रहरु थप बिस्तार गर्दै लगेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केन्द्रले नेपालभरीकै लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न थप उर्जा र सक्रियताका साथ यस्ता सामाजिक कार्यमा अघि बढनुपर्ने बताउनुभयो ।