You are here
Home > Front News > गृहमन्त्रीका साइला भाई नरेश थापा १ लाख धरौटीमा रिहा

गृहमन्त्रीका साइला भाई नरेश थापा १ लाख धरौटीमा रिहा

१ आश्विन २०७६, बुधबार २०:२४

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (बादल) का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा भएका हुन्। एक लाख धरौटीमा रिहा भएको अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए ।

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।