You are here
Home > समाचार > उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

२ आश्विन २०७६, बिहीबार ०९:३३

धनगढी -धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबारराति आगजनी गरिएको छ।  वडा कार्यालयमा राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले अनुमान गरेको छ।  वडा अध्यक्ष कक्षको झ्यालको सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ।