You are here
Home > राजनीति > प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने

२ आश्विन २०७६, बिहीबार १५:१०

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले शुक्रबार प्रदेशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।