You are here
Home > समाचार > नेपाली सेनाका यमबहादुर ब्रिगेडियर जनरलमा बढुवा

नेपाली सेनाका यमबहादुर ब्रिगेडियर जनरलमा बढुवा

२ आश्विन २०७६, बिहीबार १७:३९

काठमाडौं- तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी प्रतीक्षा सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका छन्।

सहायक रथीमा बढुवाका लागि लविङ गर्दै आएका उनलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए।

‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि ) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ’, बाँस्कोटाले भने। अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।

फाइल फोटो