You are here
Home > समाचार > नेपाल प्रहरीका तीन डिएसपीहरुको काज सरुवा

नेपाल प्रहरीका तीन डिएसपीहरुको काज सरुवा

३ आश्विन २०७६, शुक्रबार ०९:४७

काठमाडौं-नेपाल प्रहरीको मुख्यालयले ३ जना डिएसपीहरुको काज सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बिरेन्द्र शाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ। पर्सामा कार्यरत डिएसपी अनन्तराम शर्मा प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालय पुगेका छन्।

रुपन्देहीमा डिएसपी खड्गबहादुर खत्रीको सरुवा भएको छ। खत्री प्रहरी युक्ति महाबिद्यालय जर्गाहा नवलपरासीमा कार्यरत थिए।