You are here
Home > राजनीति > संघीयता कार्यान्वयनको गति मजबुदः प्रधानमन्त्री

संघीयता कार्यान्वयनको गति मजबुदः प्रधानमन्त्री

३ आश्विन २०७६, शुक्रबार १४:१५

काठमाडौं-प्रधानमन्त्री केपी ओलीले नेपालकाे आर्थिक वृद्धि र संघियता कार्यान्वयनको गति मजबुद बन्दै गइरहेको बताउनुभएको छ ।

गत वर्षमा निर्यातमा १९.४ प्रतिशत, आयतमा १३ प्रतिशत तथा राजस्व २२ प्रतिशतले वृद्धि भएको बताउनुहुँदै प्रधानमन्त्रीले यसबाट संघीयता कार्यान्वयनको गति मजबुद बनेको उल्लेख गर्नुभएको छ ।संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आर्थिक वर्ष २०७५–७६ मा प्रदेशहरुले ६ देखि ८ प्रतिशतसम्म आर्थिक वृद्धि गरेका बताउनुभएको छ ।

आफूले गत वर्षको राष्ट्रिय दिवसलाई महत्वपूर्ण भनेको स्मरण गराउँदै प्रधानमन्त्रीले आर्थिक वर्ष २०७५–७६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर रहेको बताउनुभएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले बैंक कर्जा उल्लेखनीय भएको बताउँदै २०७६ काे बैंशाखबाट प्रत्येक परिवार एक खाता अभियानमा १ लाख ६५ हजार ६ सय २२ जनालाई सहभागिता गराउन सकिएको बताउनुभयो ।

सम्बोधनमा प्रधानमन्त्रीले भूकम्पपछि बन्द भएको रसुवागढी, ताताेपानी लगायतका नाका सञ्चालनमा आएको, राष्ट्रिय परिचय पत्र वितरण थालिएकाे र मुलकका ८९ कार्यालयबाट मालपोतको डिजिटल सेवा प्रारम्भ गरिएको लगायतका सुधारका कार्य सम्पन्न भएको उल्लेख गर्नुभयाे ।