You are here
Home > समाचार > संविधान दिवसको अवसरमा टुँडिखेलमा जे देखियो (फोटोसहित)

संविधान दिवसको अवसरमा टुँडिखेलमा जे देखियो (फोटोसहित)

३ आश्विन २०७६, शुक्रबार १६:०२

काठमाडौं– आज असोज ३ अर्थात् संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुशीयालीमा देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी बनेका छन् । कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, विभिन्न झाँकी र कवाजहरु प्रदर्शन गरिएको छ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।