You are here
Home > समाचार > चिनियाँ राष्ट्रपति सि जिनफिङ २७ गते नेपाल आउने

चिनियाँ राष्ट्रपति सि जिनफिङ २७ गते नेपाल आउने

३ आश्विन २०७६, शुक्रबार १९:२२

काठमाडौं- चिनियाँ राष्ट्रपति सि जिनफिङ असोज २७ गते नेपाल भ्रमणमा आउने भएका छन् । लामो प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन थालेको हो ।

सुरक्षा संवेदनशिलताका कारण भ्रमणको मिति र तालिका सार्वजनिक नगरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बहुचर्चित नेपाल चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने सरकारको तयारी छ ।

परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्रसंघ महासभामा भाग लिनका लागि भोलि अमेरिका प्रस्थान गर्दैछन् ।