You are here
Home > खेलकुद > प्रथम प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः पुलिसको हातमा उपाधि

प्रथम प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः पुलिसको हातमा उपाधि

४ आश्विन २०७६, शनिबार १४:३८

काठमाडौं – प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ ।

वर्षाले खेल स्थगित हुनुअघि सोमबार दुवै टोलीले एक/ एक सेट जितेका थिए । शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले तीनवटै सेटमा समान २५–२२ को अन्तरले जितेको थियो । 

जितसँगै नेपाल पुलिस क्लबले पाँच लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

तेस्रो स्थानको लागि भएको खेलमा नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो । गण्डकीले १ लाख रुपैयाँ तथा एपीएफले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।