You are here
Home > राजनीति > नेकपाले महानगरको अध्यक्ष र सचिवको टुंगो लगायो

नेकपाले महानगरको अध्यक्ष र सचिवको टुंगो लगायो

४ आश्विन २०७६, शनिबार १९:५९

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले ६वटा महानगरका अध्यक्ष र सचिव चयन गरेको हो।

सचिवालयको निर्णयअनुसार काठमाडौं महानगरपालिकाको नेकपा पार्टी अध्यक्ष निर्मल देउजा बनेका छन्। सचिवको जिम्मेवारी रविन्द्र श्रेष्ठलाई दिइएको छ। चितवन भरतपुर महानगरपालिकाको अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा बनेका छन्। ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारीमा मञ्जरी कायश्थ छिन भने सचिवमा ज्ञानेन्द्र शाक्य रहेका छ।

त्यस्तै, पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक कोइराला र सचिव विश्वप्रकाश लामिछाने रहेका छन्। वीरगन्ज महानगरपालिकाको अध्यक्षको जिम्मेवारी रहबर अन्सारीलाई दिइएको छ भने सचिव विश्वम्भर शर्मा बनेका छन्। विराटनगर महानगरको अध्यक्षमा सागर थापा बनेका छन् भने सचिवको जिम्मेवारी हेम कार्कीलाई दिइएको छ।