You are here
Home > अर्थ/बजार > नक्कली धितोमा ऋण लगानी,पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

नक्कली धितोमा ऋण लगानी,पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

५ आश्विन २०७६, आईतवार १३:३३

काठमाडौं- नक्कली धितोमा ऋण दिएको आरोपमा बैंकका पूर्व सिइओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई राजधानीका विभिन्न स्थानबाट फरक फरक समयमा पक्राउ गरी हिरासतमा लिएको हो।

नक्कली धितोमा ऋण लगानी गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपूर्जा लिएर कर्जा स्वीकृत गरेका थिए ।

त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, रहेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।