You are here
Home > अर्थ/बजार > प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ कर्मचारीलाई ऋण दिने

प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ कर्मचारीलाई ऋण दिने

५ आश्विन २०७६, आईतवार १४:०१

काठमाडौं-नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ कर्मचारीलाई ऋण दिने भएको छ।  दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न  प्रहरीले सहुलियत ऋण उपलब्ध गराउन लागेको हो।

नेपाल प्रहरी कल्याण कोषको साउन २९ को निर्णयअनुसार किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो।

कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

याे ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ। यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्षभित्र भुक्तान गर्नुपर्ने छ। कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ।