You are here
Home > समाचार > ट्राफिक जामलाई न्यूनिकरण गर्न स्वयम् सेवक परिचालन

ट्राफिक जामलाई न्यूनिकरण गर्न स्वयम् सेवक परिचालन

५ आश्विन २०७६, आईतवार १४:०६

काठमाडौं- उपत्यकामा बढ्दो ट्राफिक जामलाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ अभियानको शुरुवातको थालनी गरेको छ। जामलाई न्यूनिकरण गर्नका लागि महाशाखाले ट्राफिक स्वयम सेवक परिचालन गरेको हो।

बढ्दो सवारी साधनको संख्या सिमित सडक र प्रबिधिको उक्त अभियानको गृह मन्त्री रामबहादुर थापाले आइतबार शुरुवात गरेका छन।

महाशाखाले राष्ट्रिय युवा परिषद तथा युएन नेपालको संयुक्त आयोजनामा २३ स्कुल कलेज, २ क्लव, १६ यातायात प्रालि, १० जना ख्यातीप्राप्त कलाकार १२ जना एयरहोस्टेज गरी ५ सय जना परिचालन गरिने भएको छ । शुरुमा १५ दिन सम्म ५ सय ट्राफिक स्वयम सेवकहरु राजधानीका बिभिन्न सडकमा सचेतना जगाउन परिचान हुने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभाव र पीडाका बीचपनि ट्राफिक प्रहरीले राजधानीको सवारी आवागनमलाई ब्यवस्थित बनाउने काम गरिरहेको जानकारी दिए।एक जना ट्राफिक प्रहरीले राजधानीमा ९ सय सवारी साधन र २ किलोमिटर बाटो हेर्नुपर्ने देखिन्छ।