You are here
Home > समाचार > डाक्टरको लापरवाहीले विरामीको मृत्यु भन्दै ओम अस्पतालमा तोडफोड

डाक्टरको लापरवाहीले विरामीको मृत्यु भन्दै ओम अस्पतालमा तोडफोड

५ आश्विन २०७६, आईतवार १५:५३

काठमाडौं – चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै अहिले चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ। शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन्।

सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन्। अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता पनि भएको बताइएको छ।

सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन्। अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता पनि भएको बताइएको छ।