You are here
Home > समाचार > गृहमन्त्रीले एक्कासी बोलाए चारवटा सुरक्षा निकायका प्रमुखलाई

गृहमन्त्रीले एक्कासी बोलाए चारवटा सुरक्षा निकायका प्रमुखलाई

५ आश्विन २०७६, आईतवार १८:२६

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चारवटै सुरक्षा निकायका प्रमुखको बैठक आइतवार बोलाएका छन् । आइतबार दिउँसो गृह मन्त्रालयमा मन्त्री थापाले र चिनियाँ राजदूत हाउ यान्छीसँग भेटवार्ता गरेलगत्तै चारवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका हुन् ।

असोजको अन्तिम साता हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमण सुरक्षाको विषयलाई लिएर उनले राजदूत यान्छीसँग भेटवार्ता गरेका थिए । भेटलगत्तै गृहमन्त्री थापाले सुरक्षा निकायसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुामर राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा सेनाका उच्च अधिकारी सहभागी रहेको बताइएको छ ।