You are here
Home > समाचार > चाडपर्वमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीद्धारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन

चाडपर्वमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीद्धारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन

५ आश्विन २०७६, आईतवार २०:०१

काठमाडौँ-गृहमन्त्री रामबहादुर थापा बादलले चाडपर्वमा सुरक्षाको व्यवस्था मिलाउन चारवटा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन।

आइतबार गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाईएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्।

उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्याधिक हुने भएकोले सोहि अनुरुपको सुरक्षा रणनीति बनाउन सुझाब दिए। यस्तै सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपुर्वक अनुगमन गर्न समेत निर्देशन दिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए।