You are here
Home > समाचार > चाडपर्वमा शान्ति सुरक्षा सुदृढ बनाउँछौंः गृहमन्त्री थापा

चाडपर्वमा शान्ति सुरक्षा सुदृढ बनाउँछौंः गृहमन्त्री थापा

६ आश्विन २०७६, सोमबार १५:०४

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले प्रतिनिधिसभाको राज्य व्यवस्था समिति जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् ।

गृहसचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले ती नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको बताए ।