You are here
Home > समाचार > विप्लव नेकपाका उपत्यका इञ्चार्ज ‘नविन’ पक्राउ

विप्लव नेकपाका उपत्यका इञ्चार्ज ‘नविन’ पक्राउ

७ आश्विन २०७६, मंगलवार ०८:१९

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका व्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो । बिक पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको विकलाई जिम्मेवारी दिएको थियो ।