You are here
Home > समाचार > कावासोतीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु,२० जना घाइते

कावासोतीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु,२० जना घाइते

७ आश्विन २०७६, मंगलवार ०८:२७

नवलपुर- पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । घाइतेको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ ।

रातिको समयमा तीन स्थानमा दुर्घटना भएकाले कतिपय आफैँ उपचारमा गएको हुनसक्ने भएकाले घाइतेको विवरण बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

सोमबार रातिको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नम्बरको ट्रक र बा२१च६४०९नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । मृत्यु हुने पाँचै जनाको नाम ठेगाना अझै खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौंका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना७ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दु