You are here
Home > प्रशासन > गाउँ प्रहरी भर्ना रोक्न उच्च अदालत पाटनको आदेश

गाउँ प्रहरी भर्ना रोक्न उच्च अदालत पाटनको आदेश

७ आश्विन २०७६, मंगलवार १९:४१

काठमाडौं-सिन्धुलीको गोलन्जोर गाउँपालिकाले गर्न लागेको गाउँ प्रहरी भर्ना रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । उच्च अदालतले गाउँपालिकाबाटै परेको रिटमा सुनुवाई गर्दै प्रहरी भर्ना रोक्न आदेश दिएको हो ।

गोलन्जोर गाउँपालिकाले भदौ १० गते गाउँ प्रहरी भर्नाको लागि विज्ञापन खुलाएको थियो । गाउँपालिका वडा नम्बर ६ का रोशन श्रेष्ठले गाउँ प्रहरी भर्ना कानुन विपरीत रहेको जनाउँदै रोक्न रिट दायर गर्नु भएको हो ।

गाउँपालिकालाई विपक्षी बनाई दायर गरिएको रिटमा गाउँ प्रहरी भर्नाले स्थानीय तहको बजेट दोहन हुने उल्लेख छ । पाटन उच्च अदालतका न्यायाधीश अन्नतराज डुम्रेको एकल इजालासले गाउँ प्रहरी भर्ना रोक्न अन्तरिमकालीन आदेश दिएको हो ।

उच्च अदालतले त्यस बिषयमा गाउँपालिकालाई १५ दिनभित्र लेखित जवाफ पेश गर्न आदेश दिएको छ ।