You are here
Home > समाचार > एयरपोर्टबाट एक थान पेस्तोलसहित दुई जना पक्राउ

एयरपोर्टबाट एक थान पेस्तोलसहित दुई जना पक्राउ

८ आश्विन २०७६, बुधबार १३:४४

काठमाडौं – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती र सिन्धुली भीमबहादुर माझी रहेका छन् ।उनीहरूको साथबाट एक थान पेस्तोल र ६ राउन्ड गोली बरामद गरिएको छ ।

उनीहरूलाई प्रहरीले विमानस्थलअगाडिको होटलबाट पक्राउ गरेको हो । उनीहरु माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।