You are here
Home > समाचार > प्रहरीको ‘ब्याटन’ पुरस्कारबाट जिल्ला प्रहरी कार्यालय झापा पुरस्कृत हुने

प्रहरीको ‘ब्याटन’ पुरस्कारबाट जिल्ला प्रहरी कार्यालय झापा पुरस्कृत हुने

८ आश्विन २०७६, बुधबार १४:०९

काठमाडौं-यस वर्षको नेपाल पुलिसको ‘ब्याटन’को नामले चिरपरिचित सर्वोत्कृष्ट पुरस्कार जिल्ला प्रहरी कार्यालय मोरङले पाउने भएको छ। ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङ पुरस्कृत हुन लागेको हो।

गतबर्ष यो पुरस्कार जिल्ला प्रहरी कार्यालय झापाले पाएको थियो । नेपाल प्रहरीले यो बर्षको प्रहरी दिवस यहि असोज २३ र २४ गते विभिन्न कार्यक्रम गरेर मनाउदै छ ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) मनोज केसी पुरस्कृत हुने भएका हुन्। अन्तर जिल्ला कार्यदक्षता मुल्यांकनमा सर्वोत्कृष्ट भएका एसपी केसी व्यावसायिक प्रहरी अधिकृत हुन् ।

प्रहरी प्रधान कार्यालयले डिआइजी केदार रिजालको अध्यक्षतामा कार्यदक्षता मुल्यांकन समिती गठन गरेको थियो।

उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय तर्फ रुपन्देही दोश्रो र सुर्खेत तेस्रो हुने भएको छ ।