You are here
Home > समाचार > ८ किलो चरेससहित युवती पक्राउ

८ किलो चरेससहित युवती पक्राउ

९ आश्विन २०७६, बिहीबार १३:४३

हेटौंडा-मकवानपुर प्रहरीले ८ किलो १६० ग्राम चरेससहित एक युवतिलाई पक्राउ गरेको छ । काठमाडौँबाट धरान हिँडेकी एक युवतीको साथबाट प्रहरीले  बरामद गरेको छ ।

पर्सा पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई हेटौडा उपमहानगरपालिका १० बसपार्कस्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट धरान जाँदै गरेको बा४ख ८०६० नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा राईको साथबाट चरेस बरामद भएको हो।

राईले झोलामा प्लास्टिकको टेपले बेरेर ८ पोकामा लुकाइराखेको चरेस पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।