You are here
Home > समाचार > धनगढीमा सैनिक अस्पतालको निर्माण कार्य शुरु

धनगढीमा सैनिक अस्पतालको निर्माण कार्य शुरु

९ आश्विन २०७६, बिहीबार १५:३८

काठमाडौं -कैलालीको मुख्य केन्द्रविन्दु धनगढीमा यसबर्षदेखि नेपाली सेनाको सैनिक अस्पतालको निर्माण कार्य शुरु भएको छ। धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ब्यारेकको परिसरभित्र सैनिक अस्पतालको निर्माण कार्य शुरु भएको हो।

‘सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा एक बर्ष भित्रै २५ शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयले भने, ‘भवन निर्माणको काम सुरु भईसकेको छ, २०७७ सालको सेना दिवसको दिन उद्वघाटन गर्ने तयारी छ।’