You are here
Home > राजनीति > मन्त्रिपरिषद्का १४ निर्णयः एआईजीको सरुवादेखि उपरथी शर्माको अवधी थपसम्म

मन्त्रिपरिषद्का १४ निर्णयः एआईजीको सरुवादेखि उपरथी शर्माको अवधी थपसम्म

९ आश्विन २०७६, बिहीबार १७:४०

काठमाडौं-यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका प्रमुख एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य एवम् अपराध अनुसन्धान विभागमा लगिएको छ।

यसअघि प्रहरी प्रधान कार्यालयको कार्य एवम् अपराध अनुसन्धान विभागमा दरबन्दी भएर राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा काजमा कार्यरत एआईजी धीरु बस्न्यातको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा कायम गरिएको छ। तर उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमै काजमा राख्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

त्यस्तै सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका  उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय समेत गरिएको छ।