You are here
Home > अर्थ/बजार > आजदेखि बजारमा नयाँ नोट

आजदेखि बजारमा नयाँ नोट

१० आश्विन २०७६, शुक्रबार ०८:११

काठमाडौं– शुक्रबार (आज) देखि बजारमा नयाँ नोट साट्न पाइने भएको छ । दशैँको अवसरमा नयाँ नोट साट्न पाइने भएको हाे। नेपाल राष्ट्र बैंकले दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवका आधारमा विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत सटहीको सुविधा दिन लागेको हो ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने भएको छ ।