You are here
Home > खेलकुद > क्यानको अधिवेशन आजदेखि काठमाडौंमा, अध्यक्षका लागि पाण्डे र चन्द भिड्दै

क्यानको अधिवेशन आजदेखि काठमाडौंमा, अध्यक्षका लागि पाण्डे र चन्द भिड्दै

१० आश्विन २०७६, शुक्रबार ०९:२४

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आज (शुक्रबार) बाट काठमाडौंमा शुरु हुँदैछ । आज दिउँसोदेखि शुरु हुने अधिवेशनको निर्वाचन भने शनिबार हुने जनाइएको छ ।

निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका लागि प्रतिष्पर्धा हुने भएको भएको छ । विनयराज पाण्डे क्यानका पूर्व अध्यक्ष समेत हुन् । चतुरबहादुर चन्द भने क्यानका उपाध्यक्ष भइसकेको व्यक्ति हुन् ।

२०७२ मा भएको क्यानको अभिवेशनबाट अध्यक्ष पनि भए तर निष्पक्ष र पारदर्शी नभएको भन्दै उनको नेतृत्वको क्यानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएन ।

जिल्लाबाट ३९ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले १७ सदस्यीय क्यानको केन्द्रीय कार्यसमितिका लागि भोट गर्दैछन् ।