You are here
Home > समाचार > १० चक्के सवारीलाई काठमाडौं प्रवेशमा निषेध

१० चक्के सवारीलाई काठमाडौं प्रवेशमा निषेध

१० आश्विन २०७६, शुक्रबार १४:४३

काठमाडौं -यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।