You are here
Home > राजनीति > कटहरिया नगरपालिकामा तोडफोड

कटहरिया नगरपालिकामा तोडफोड

१० आश्विन २०७६, शुक्रबार १४:५२

रौतहट- कटहरिया नगरपालिकामा शुक्रबार तोडफोड भएको छ ।नगरपालिकाको कार्यालयमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीले तोडफोड भएको हो।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले नगर अन्तर्गत रहेको मावि भसेढवाका प्रधानाध्यापक राम मंगल प्रसाद यादव सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । निर्णयको विरुद्धमा एक स्थानबाट अर्को स्थानमा शिक्षकलाई सरुवा गरेको भन्दै नगरपालिका अन्तर्गतका विद्यार्थीहरुले बिहानै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले एक दर्जन कम्युटर, ल्यापटप र ५ भन्दा बढी कुर्सी तोडफोड गरेका छन् । कार्यालयमा भएको दराज, सिसिटिभी क्यामरा नष्ट गरेका छन् ।