You are here
Home > समाचार > जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

१० आश्विन २०७६, शुक्रबार १५:२३

जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। सुरक्षाको वर्तमान अवस्था र चुनौतीको विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ। भोलसम्म चल्ने गोष्ठीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव्, राज्यमन्त्री सरोज सिंह, आठ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारीकोसहितको सहभागिता रहेको छ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले प्रदेशको अगामी सुरक्षा रणनीति बनाउने उदेश्यका साथ गोष्ठी आयोजना भएको जानकारी दिए।