You are here
Home > समाचार > कृषि बिकास बैंकमा ह्याकिङ प्रकरणः थप तीन जना पक्राउ

कृषि बिकास बैंकमा ह्याकिङ प्रकरणः थप तीन जना पक्राउ

१० आश्विन २०७६, शुक्रबार १५:५७

काठमाडौं- कृषि बिकास बैंक (एडीबीएल) ह्याकिङ प्रकरणमा संलग्‍न भएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। योसँगै कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपानेलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ।

भट्टको कृषि बिकास बैंक कञ्चनपुर शाखास्थित खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेकी न्यौपानेको कृषि बिकास बैंक पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको भेटिएको छ। त्यही आधारमा उनीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।