You are here
Home > समाचार > ड्युटीमै मापसे गरेको भन्दै प्रहरी इन्स्पेक्टर पक्राउ

ड्युटीमै मापसे गरेको भन्दै प्रहरी इन्स्पेक्टर पक्राउ

११ आश्विन २०७६, शनिबार ०९:४७

काठमाडौं– ड्युटीमा रहेकै बेला मादक पदार्थ सेवन (मापसे) सेवन गरेको भन्दै एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्रकुमार पाल ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको भन्दै पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डिएसपी) पवन भट्टराईको टोलीले पाललाई नियन्त्रणमा लिएको हो । शुक्रबार राति ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको फेला परेपछि डिएसपी भट्टराई नेतृत्वको टोली चेकिङका लागि पुगेको थियो ।

भट्टराईको टोलीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।