You are here
Home > राजनीति > भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले पाठ सिक्नुपर्छः नेता नेपाल

भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले पाठ सिक्नुपर्छः नेता नेपाल

११ आश्विन २०७६, शनिबार १९:५२

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

नेता नेपालले राजालाई कांग्रेस र एमालेले छुट्टाछुट्टै ड्राफ्ट गरेको समेत खुलासा गरे । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे।’ 

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताको रुपमा स्मरण गरे ।

२०५१ सालमा तत्कालीन एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँ गाउँमा बजेट पुर्‍याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको बताएका छन् ।

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुई पटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गराए । ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको समेत बताए ।