You are here
Home > समाचार > ज्ञानेन्द्र शाहीले प्रहरीलाई खबर नगर्दा घटना घट्योः एसपी मल्ल

ज्ञानेन्द्र शाहीले प्रहरीलाई खबर नगर्दा घटना घट्योः एसपी मल्ल

११ आश्विन २०७६, शनिबार २०:१५

चितवन-चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको घटनाका बारेमा चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले प्रहरीलाई खबर गरि नआएकाले घटना भएको बताएका छन्।

मल्लले चितवनमा थ्रेट छ भन्दा भन्दै पनि शाही जबरजस्ती चितवन आएको बताए। । ‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ,मल्लले भने’,अटेर गरेका कारण उनी माथि यस्तो घटना भयो ।’

उनले घटनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्षति नभएको दावी गरे । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ ।नेकपाका कार्यकर्ताले भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता शाही निर्घात कुटपिट गरेका हुन्।