You are here
Home > खेलकुद > सिंगापुरविरुद्ध नेपालको शानदार जित

सिंगापुरविरुद्ध नेपालको शानदार जित

११ आश्विन २०७६, शनिबार २१:५३

काठमाडौं-त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत सिंगापुरविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । नेपालको जितमा कप्तान पारस खड्काले सतकीय पारी खेले। सिंगापुरले दिएको १५२ रनको लक्ष पछ्याएको नेपालले २४ बल बाँकी छँदै १ विकेटको क्षतिमा भेट्टाउन सफल भएको हो।

कप्तान पारसले विस्फोटक व्याङिङ गर्दै ५२ बलमा १०६ रनको शानदार पारी खेलेपछि नेपालले १६ ओभरमै १ विकेटको क्षतिमा १५४ रन बनाउन सफल भयो। नेपालले सुरुवात राम्रो गर्न सकेन । उसले ९ रनमा पहिलो विकेट गुमायो।

ओपनर इशान पाण्डे केबल ५ रनमा आउट भए। दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेख विच एक सय ४५ रनको साझेदारी भएपछि सहज जित दर्ता भयो। नेपालका सहज जित दिलाउने क्रममा पारसले ७ चौका र ९ छक्का पनि प्रहार गरे। नेपालका ओपनर इशान पाण्डे ६ बलमा ५ रन बनाएर आउट भएको अवस्थामा पारसले पारी सम्हाले। आरिफ शेखले पनि ३८ बलमा ३९ रनको योगदान दिए।

सिंगापुरका लागि जनक प्रकाशले १ विकेट लिन सफल भए। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले सिंगापुरविरूद्ध जित निकाल्दै खेलमा फर्काएको छ। यसअघि पहिले व्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ घरेलु टिमले नेपालविरुद्ध राम्रो सुरुवात गर्न सकेन।