You are here
Home > समाचार > नेपाली सेनाले निर्माण गर्ने फास्ट ट्रयाक आयोजनामा खुल्यो जागिर

नेपाली सेनाले निर्माण गर्ने फास्ट ट्रयाक आयोजनामा खुल्यो जागिर

१२ आश्विन २०७६, आईतवार ०८:००

काठमाडौं-  नेपाली सेनाले निर्माण गरिरहेकाे  काठमाडौं तराई/मधेश  द्रूत मार्गका लागि विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।

नेपाली सेनाको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाकोले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो। 

योग्य उम्मेदवारले आजदेखि १५ दिनभित्र दरखास्त दिन पनि भनेको छ। आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ।