You are here
Home > समाचार > सात किलो चाँदीसहित दुई जना पक्राउ

सात किलो चाँदीसहित दुई जना पक्राउ

१२ आश्विन २०७६, आईतवार ०८:०१

धनुषा- प्रहरीले सात किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ ६ बजे धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।