You are here
Home > समाचार > बसन्तपुर दशैं घरमा यसरी छरियो जमरा

बसन्तपुर दशैं घरमा यसरी छरियो जमरा

१२ आश्विन २०७६, आईतवार १२:३८

काठमाडौँ-हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०.३५ को शुभसाइतमा घटस्थापना गरिएको हो ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। 

विजयादशमीको टीका यो वर्ष असोज २१ गते परेको छ । टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा परेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ।