You are here
Home > प्रशासन > आजदेखि १५ दिन देशैभरका अदालतमा बन्‍द रहने

आजदेखि १५ दिन देशैभरका अदालतमा बन्‍द रहने

१२ आश्विन २०७६, आईतवार १२:४७

काठमाडौं-दसैँका कारण आइतबारदेखि देशैभरका अदालतहरु बिदा सुरु भएको छ।

दसैँको घटस्थपानादेखि कोजागत पूर्णिमासम्म प्रत्येक वर्ष बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणहरुमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र जिल्ला अदालतहरुबाट पक्राउ पुर्जी जारी गर्ने काम भने यथावत नै रहनेछ।

अदालतहरु जनतासँग प्रत्यक्ष रुपमा जोडिने र उनीहरुको उपस्थितिमा मुद्दाको सुनुवाई, पेशी, तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ।

अदालतहरु कोजागत पूर्णिमाको भोलिपल्ट असोज २६ गते खुल्नेछन्।