You are here
Home > समाचार > अबिरल वर्षासँगै आएको पहिरोले जिप पुरियो

अबिरल वर्षासँगै आएको पहिरोले जिप पुरियो

१२ आश्विन २०७६, आईतवार १२:५०

लमजुङ-अबिरल वर्षासँगै आएको पहिरोले शनिबार साँझ देखि लमजुङ-मनाङ सडकखण्ड अवरुद्ध भएको छ।

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याँगेमा पहिरो खसेर बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट पर्यटक बोकेर मनाङ गइरहेको बा१६च ५०६८ नम्बरको स्कार्पियो पहिरोमा परेको छ।

जीपमा चालकसहित ५ जना रहेको र उनीहरु पहिरोबाट जोगिएको प्रहरीले जनाएको छ। सडक माथिबाट एक्कासि आएको ढुंगासहितको पहिरोले जिपको अगाडिको भागमा हानेपछि जिपमा सवार सबै जना भागभाग भएका थिए।

ठूला-ठूला ढुंगासँगै माटो खसेका कारण पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।