You are here
Home > Front News > मुख्यमन्त्री शाहीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर दुरुपयोग

मुख्यमन्त्री शाहीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर दुरुपयोग

१२ आश्विन २०७६, आईतवार १४:३४

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर दुरुपयोग गरेको पाइएको छ । मुख्यमन्त्री शाहीकै नाम र फोटो प्रयोग गरेर नक्कली आइडी बनाएर विभिन्न व्यक्तिलाई म्यासेजमार्फत अनेक विषयमा निर्देशन दिने गरेको पाइएको हो।

त्यसैगरी कतिपय व्यक्तिलाई राजनीतिक शक्तिको आडमा विभिन्न मागहरूसमेत राख्ने गरेको पाइएको उनको नीजि सचिवालयले जनाएको छ। यसरी मुख्यमन्त्रीकै नामको फेक आडी बनाएर विभिन्न गैरकानुनी गतिविधि गरेको थाहा पाएपछि यसबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।